दफा १८
निजी स्वार्थका सम्बन्धमा जानकारी दिनुपर्ने
कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर बोर्डको बैठकमा छलफल हुने रहेछ भने सो छलफल शुरु हुनुभन्दा अगावै निजले सो बारेमा बोर्डलाई जानकारी दिनु पर्नेछ । बोर्डले अनुमति दिएमा बाहेक त्यस्तो सदस्यले सो प्रस्ताव उपर हुने छलफल तथा निर्णयमा भाग लिन र आफ्नो मत प्रकट गर्न पाउने छैन । तर बैठकको गणपूरक संख्या पु¥याउनको लागि भने त्यस्तो सदस्यको उपस्थिति मान्य हुनेछ ।